गणेश कुमार सिंह,चैत्र २९ गते । महोत्तरी गाउँपलिका वडा नं. ५ का वडा अध्यक्ष राम विनय साहले खुलयाम धम्की दिदै आइरहेको छ ।
वडा नं. ५ महोत्तरीमा रहेको वडा कार्यालयमा वडा अध्यक्ष नबसेको थाहा पाएपछि एक स्थानीय युवकलाई विभिन्न धाकधम्की दिएको अडियो बाहिरिएको छ ।
शुभकामना

उक्त सेवा लिन जादा कोहि पनि नभेटिपछि भिडियो बनाएर समाजिक संजालमा राखेपछि स्थानीय सुजित साहलाई वडा अध्यक्ष साहले धम्की दिएको छ ।
सधै समयमा वडा कार्यालय नजाने र कहिले काहीँ मात्र वडा कार्यालयमा जाने गरेको थाहा पाएपछि भिडियो बनाएको विषय मा वडा अध्यक्ष साहले पीडित सुजित साहलाई फोन गरेर धम्की दिएका छन् ।
अध्यक्ष साहले त्यो भिडियो डिलिट गर्न भन्दै नगरिए तिम्रो के हाल हुन्छ भनी धम्की दिएका छन् ।
सेवा लिन पुगेका सुजित साह विगत ४-५ दिन देखि वडा कार्यालयमा विवाह दर्ता बनाउन जाद तर वडा अध्यक्ष नभेटिएको र फोन गर्दा अटेरी गर्दै धाकधम्की दिने जस्ता क्रियाकलाप गर्दै आईरहेको पीडित साहले बताए ।
अडियो हामी सँग सुरक्षीत छ ।














