गणेश कुमार सिंह , बैशाख २५ गते । गौशाला न.पा.वडा नं. १२ मा नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

शुभकामना

नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. १२ का वडा सचीव अशोक ठाकुरले गौशाला नगरपालिका वडा नं. १२ भरि नै आर्थिक वर्ष २०७९/८० बजेट उपशिर्षक कार्यक्रम तथा परियोजना अनुसार २६ ओटा शिर्षक मा कुन ठाउँको लागि कति बजेट बिनियोजन गरिएको र कामको अवस्था बारे समेत पार्दसिता गरिएको छ ।
यस वडालाई नमुना वडा को रुपमा परिवर्तन गर्न सहयोग गरिदिनु हुन राष्ट्रिय मा. विद्यालय व्यवस्थापन समितिका सदस्य देवनारायण सिंहले नगर प्रमुख आग्रह समेत गरेका छ ।

नगरपालिका भरी नै कृषि ,शिक्षा ,स्वास्थ्य आदिमा परिवर्तन गरेर नै छाडने नगर प्रमुख डा. दिपेन्द्र महतोले बताए । डाक्टर भएको नाताले पहिला स्वास्थ्य मा परिवर्तन गर्नु को साथै आउने तीन महिना भित्र यसै नगरपालिका मा सुरक्षित साथ बच्चा जमाउने ओपरेसन सहितको अस्पतालका भवन न बनुन जेल सम्म भडा लिई संचालन गरेने समेत बताएको छ ।

उक्त कार्यक्रमको सभाअध्यक्ष वडा नं. १२ का वडा अध्यक्ष कुशेश्वर सिंह र प्रमुख अतिथि गौशाला नगरपालिका का नगर प्रमुख डा. दिपेन्द्र महतो, अतिथि गौशाला न.पा. वडा नं.१० का वडाअध्यक्ष मुकेश कुमार महतो , गौशाला नगरपालिका का नगर पर्वक्ता एम वडा नं. ११ का वडाअध्यक्ष राम पृत महतो ,राष्ट्रिय माध्यमिक विद्यालयका प्र.देवि प्रसाद घिमिरे ,राष्ट्रिय मा.विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश महतो र सदस्यहरु गौशाला प्राविधिक शिक्षालयका प्रमुख इन्दल महतो ,लक्ष्मीनिया स्वास्थय चौकीका प्रमुख रमेश कुमार महतो , विभिन्न पार्टी प्रतिनिधिहरु ,वडा सदस्यहरु , जेष्ठ नागरिक ,संचारकर्मी ,युवा वर्ग लगायत उक्त कार्यक्रम उपस्थित रहेको थियो ।
उक्त कार्यक्रमको सभाअध्यक्ष वडा नं. १२ का वडा अध्यक्ष कुशेश्वर सिंहले नयाँ वर्ष २०८० सालको शुभकामना दिदै कार्यक्रम समाप्त घोषण संगै नयाँ वर्षको क्यालेन्डर समेत वितरण गरिएको छ ।
















