शिव मारुती ज्वेलर्स

जनकपुरधाम , जेठ ०२ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालाका ८ स्थित जलाद खोलामा अवैध वालुवा उत्खन्न गरि ढुवानी गर्ने ८ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नदीबाट अबैध रुपमा उत्खनन गरिएको बालुवा लोड गरेको चार ट्याक्टर र खाली चार ट्याक्टर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले सोमवार नियन्त्रणमा लिएको हो ।

शुभकामना

प्रहरीले बालुवा लोड गरिएको अबस्थामा प्र २-०२-००१ त ५०५१, प्र १-०२-००३ त ७००, प्र २-०२-००१ त १५२२ र प्र १-०२-००३ त ६९९ र खाली अबस्थामा ज.१ त.९४४१, ना.६त.५६४३, ना.१त.५९५२ र प्र.२-०३-००१त.३५९० नम्वरको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरीले आठवटै ट्याक्टर आवश्यक कार्वाहीको लागि क्षिरेश्वरनाथ नगरपालिकालाई बुझाएको छ ।

स्थानीयले दबाब दिएपछि प्रहरीले मात्र अबैध रुपमा भइरहेको नदी रोक्न ट्याक्टर नियन्त्रणमा लिएको बुझिएको छ ।

२०८० जेष्ठ २, मंगलवार ०२:०१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय