शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

धनुषा , असार ०१ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगर वडा नं.—७,दुर्गाचौकमा बस्दै आएको एक परिवारले नेपाल सरकारले प्रदान गर्ने बृद्धा पेन्सनको रकम नपाए पछि आफ्नै आमाबुबालाई निर्घात कुटपिट गरेका छन् ।
बिहिबार करिब १२ बजे बुबा रामअशिष साह लहेरी र आमा सरस्वती देवी बिहानको खाना खाईरहेको बखतमा बुद्धा पेन्सनको रकम बाकसबाट निकालेर नयाँ ताल्चा कसले लगाएको र किन लगाएको भनी घरपरिवारमा कुरा राख्दा त्यसै बखत साह दम्पतिलाई उनकै छोरा रामखेलाबन साह लहेरी र बुहारी जनक देवीले एक—एक चडकन गालामा हिर्काएका थिए ।

त्यसपछि कुरा बढ्दै गएपछि रामखेलाबन साहका जेठो छोरा शत्रुधन साह र बुहारी दुलारी देवी,माइलो छोरा रामजी साहको पत्नी गुडीया देवी र साइलो छोरा लक्ष्मण साहले संयुक्त रुपमा मिलेर निर्घात कुटपिट गर्नुका साथै साह दम्पतीको नातिले फलामको कुर्सि नै टाउकोमा हिर्काए पछि रामअशिष साह लहेरीको टाउको फुटेर लगाएको गन्जी,गमछा तथा धोति रगतै रगतले भिजी लडेर अचेत भएका थिए । त्यसपछि छोरा रामखेलाबनले बुढाबुढीलाई कोठामै बन्द गरी मार्ने प्रयास समेत गरेको साह दम्पतिले  बताएका थिए ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

तर समयमै स्थानिय छिमेकीहरु घट्ना स्थलमा पुगेपछि बुढाबुढीलाई उद्धार गरी जनकपुरधाम रामानन्द चौक बागबानी स्थित रहेको जनकपुर गोल्डेन हाँस्पिटलमा भर्ना गराएका थिए । पिडीत साह दम्पतिले यस भन्दा अगाडी पनि विभिन्न घरायसी कुराहरुमा राम्रो कुरा गरे पनि छोरा रामखेलाबन लगायत नातिहरु तथा बुहारीहरुले आफूहरुलाई पटक पटक गाली गलौच तथा कुटपिट समेत गरेका यस सम्बन्धमा कयौ पटक महेन्द्रनगर प्रहरी चौकीलाई जानकारी गराई मिलापत्र गराएको बताएका छन् ।

उनीहरुले यस बुढेसकालमा यसरी दुबै साधुसन्त बुढाबुढीलाई कुटपिट गरेको दुखेसो राख्दै यस्तो छोरा नभए कै राम्रो बताएका थिए । साह दम्पतिले आफू बुढाबुढीहरु माथि बृद्धा पेन्सनको लोभमा घटाएको घट्नाको निन्दा गर्दै दोषिहरुलाई कडा भन्दा कडा कारबाही गर्न सम्बन्धीत सरोकारबालाहरुसँग माँग गरेका छन् ।

२०८० असार १, शुक्रबार ०५:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय