शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

राजन कुमार बानिया ,पर्सा असार ३१ गते।पर्साको कालिकामाई गाँउपालिकाको ९ औँ गाउँ सभा आइतबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताकाे अध्यक्षतामा भएकाे गाउँ सभामा उपाध्यक्ष राजमती देवी बरैनले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३० करोड ९१ लाख ९८ हजार २ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन ।

गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले नीति तथा कार्यक्रममा पालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्र मुख्य प्राथमिकतामा राखेको बताए । सबै क्षेत्र विकास मुखी बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष गुप्ताले आवश्यक्ताका आधारमा बजेट बिनियोजन गरिएको बताए र कालिकामाई गाउँपालिकाको बिकासमा स्थानिय जनसमुदाय ,जनप्रतिनिधि र कर्मचारी हरुको सहयोगका कारण बिकास गतिलिएकोमा सबै जना लाई धन्यवाद समेत दिनु भएको छ। जब सम्म सबैको सहयोग र सहकार्य हुदैन भने बिकासको काममा कमी अाउने बताए । कालिकामाई गाउँपालिकाको बिकास कार्यमा सबै पार्टी पन्थी हरु संग सहकार्य गरि चलने प्रतिबद्धता समेत गर्नु भएको थियोे ।
गाउँ कार्यपालिकाकाे कार्यालय सभा हल मा भएकाे सभामा प्रमुख प्रसाशकिय अधिकृत नमोनाथ यादव, सभा लाई स्वागत मन्तब्य राखनु भएको थियो। वडाअध्यक्ष सन्जय पटेल, सोनालाल चौरसिया, लालबाबु प्रसाद, सन्जय साह, जयनारायण कुर्मी, कार्यपालिका सदस्य हरिअोम साह,समाजसेबी अारमान खाँ, कार्यपालिका सदस्य ,गाउँपालिका महिला ,पुरुष सदस्य कर्मचारी, शिक्षक, स्वास्थ्य कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संचालन बिक्रम राउत बरैयले संचालन गर्नु भएको थियोे। कार्यक्रममा सात जना पत्रकार हरुलाई सम्मानित गरिएको थियो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

२०८० असार ३१, आईतवार १४:५९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय