शिव मारुती ज्वेलर्स

सिरहा ,भाद्र १५ गते  । मधेश प्रदेशस्थित कमला नदीमा एक युवकको लास फेला परेको छ । धनुषा र सिरहा जिल्ला जोडने कमला नदीमा एक युवक मृत अवस्थामा फेला परेको हो ।

सिरहाको बन्दीपुर ब्यारेक देखि दुई सय मिटर उत्तर कमला नदीमा एक युवक मृत अवस्थामा भेटेको एक स्थानीयले ईलाका प्रहरी कार्यालय मिर्चैयालाई जानकारी गराएको थियो ।

शुभकामना

लास मिर्चैया नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय राजेश कापैरको रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका कार्यालय प्रमुख जितेन्द्र बस्नेतले जानकारी दिए ।

बुधबार पूर्णिमाका दिन धार्मिक स्थल उत्तराहणीमा साथीहरूसँग कापैर कमला स्नान गर्न गएका थिए । के कारणले उनको मृत्यु भएको हो सोको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

२०८० भाद्र १५, शुक्रबार ०५:२९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय