शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,असोज ०७ गते । महोत्तरीको गौशालामा ६ लाख ५० हजार रकम दिउसै लुटपाट भएको छ । आइतबार दिउसो करिब साढे ३ बजे गौशाला नगरपालिका वडा न.११ भरतपुर निवासी करिब ६५ वर्षीय शम्भु महतोको पैसा गौशाला बीच बजारमै लुटपाट भएको हो ।

ओखलढुंगाबाट आफन्तले पठाएको पैसा एनआइसी एसिया बैंकबाट निकालेर घरतिर जाने क्रममा गणेश मन्दिर नजिक अज्ञात व्यक्तिले पैसा खोसेर भागेको महतोको भनाइ छ । लुटपाट गर्ने व्यक्तिको खोजविन भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गौशाला नगरपालिकाले बजार परिसरमा लगाएको सिसिटिभी क्यामेरा एउटा पनि संचालन नभएको कारण बजार सुरक्षा गर्न र लुटपाट गर्ने व्यक्तिलाई समात्न कठिनाई भएको प्र.नि. यादवले बताए ।

२०८० आश्विन ७, आईतवार १५:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय