बीरगन्ज,असाेज २१ गते । पर्साको विन्दबासिनी गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपमा परी ६ जना विद्यार्थी घाइते भएका छन्। दुईजना विद्यार्थीको टाउकोमा चोट लागेको र अन्यको हातखुट्टामा चोट लागेको छ।
गाउँपालिकाको गर्दौल माध्यमिक विद्यालय र बहुअर्वा भाटामा अध्ययनरत विद्यार्थीहरूले विद्यालय घेराउ गर्न गएको बेला प्रहरीले कुटपिट गरेको विद्यार्थीहरूले बताएका छन्।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गर्दौलका स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकहरूको सरुवा गरेको तथा बहुअर्वामा राम्रो पठनपाठन नभएको गुनासोसहित कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले आज गाउँपालिकाको कार्यालय घेराउ गर्न गएका थिए । सो क्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा कृष्ण मुखिया, विशाल कुमार यादव, अरबिन्द पटेल, निरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादव घाइते भएका हुन्।















