फोकस नेपाल ,कार्तिक १२ गते । सर्लाहीको बलरा नगरपालिका १० सुदामामा महाविरी झण्डा मेला शुरु भएको छ ।
संस्कृतिको जगेर्ना र सामाजिक सद्भाव कायम गर्ने उदेश्यका साथ सुदामावासीले आयोजना गरेको मेलाको जनमत पार्टीका सर्लाही जिल्ला इन्चार्ज श्रीचन यादव(सुजन)ले रिवन काटेर उद्घाटन गर्नुभएको छ ।
शुभकामना

देश विदेशका नाम चलेका कुस्ती खेलाडीहरुको सहभागिता रहेको मेलाको दशौं हजारले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
आफ्नै गाउँ ठाउँमा लाग्ने मेलाको उद्घाटन गर्न पाउँदा निकै खुशि लागेको बताउनुहुँदै प्रमुख अतिथी यादवले मेला सौहार्दपुर्ण वातावरणमा सम्पन्न हुने अपेक्षा रहेको बताउनु भयो ।














