पवन प्रसाद साह,वीरगंज । श्री ५ वडामहाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार तथा श्री ५ वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह सरकारको जय जय जय भन्दै वीरगंजमा जुलुस प्रर्दशन गरेकोछ।
वीरगंज स्थित घण्टाघर चौकबाट निस्केको र्यालीमा राजा रानी जिन्दाबाद, राजसंस्था कायम गर, हिन्दू राष्ट्र कायम गर ,धर्मनिरपेक्ष खारिज गर भन्दै नाराबाजी गर्दै माइस्थान,अलखियामठ, आदर्शनगर, गिता मन्दिर हुदै घण्टाघर चौकमा आइ कोणसभामा परिणत भएको थियो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

कोणसभा लाइ सम्बोधन गर्दै नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह ले भने यो देसमा राजा ले बनाएको उधोग लोकतन्त्र,गणतन्त्र सताधारीहरुले कुनै पनि उधोग संचालन गर्न सकेन संचालन गरेको भए यो देसको युवाहरु खाडि मुलुकमा रोजगारी गर्न जाने थिएन त्यहि भएर यो देसमा राजसंस्था को जरुरी छ कि यो देसका जनताहरू ले सुख शान्ति को महसुस गरोस्।
त्यसतै कोणसभा सम्बोधन कै क्रममा पृथ्वी झाले भने यो लोकतन्त्र होइन यो चाहि लुटतन्त्र हो जुन पार्टी को सता आओस त्यो लुटतन्त्र नै मचाउने हो र अरु देस को इसारामा चल्ने हो त्यही भएर हाम्रो देसमा राजतन्त्रको आवश्यकता रहेको दाबी गरे
उक्त कार्यक्रम नेपाल राष्ट्रबाद संघ काअध्यक्ष जनकलाल शाह को अध्यक्षतामा भएको कार्यक्रममा भक्त देस भक्त सेवक समुह का दिपेन्द्र रौनियार,रा.स.मंच का राजेश यादव, राष्ट्रबादी समुह का बिरेन्द्र थापा, नेपाल राष्ट्रबाद संघ का संगिता देवी शाह,नेपाल बिदत परिषद का रामनारायण साह, बिश्व हिन्दू परिषद का पृथ्वी झा,त्यसैगरि उपस्थितिमा उमाशंकर साह, राजेन्द्रपाल साह, संतोष कुमार गुप्ता, विष्णु कुमार दास, बिरेन्द्र साह, बजरंगी साह,चुलाइ मिया, असर्फी साह, राधाकृष्ण चौहान,हरि यादव,इदा मिया लगायतका ब्यत्किहरुले राजसंस्था प्रति आ-आफनो धारणा राखेको थियो।















