शिव मारुती ज्वेलर्स

जनकपुरधाम । नेपालको एक मात्र जयनगर–बर्दिवास रेल्वेमा एक युवकको दुवै खुट्टा कटेको छ ।

शनिबार (आज) करिब ११ः१५ बजेको समयमा धनुषाको खजुरीस्थित रेलमा दुवै खुट्टा कटेको हो । जयनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको रेल खजुरी स्टेशनदेखि करिब ३०० मिटर पश्चिम महुवा पटरीस्थित दुर्घटना भएको हो ।

शुभकामना

रेलको छेउबाट हिँडिरहेका जनकनन्दिनी गाउँपालिका वडा नं. ३ महुवा बस्ने स्थानीय मिश्री दासको अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दास अचानक रेलतिरै भाग्न खोज्दा दुवै खुट्टा कटेको हो ।

महुवास्थित रेलेको छेउबाट हिडने बाटो भएकोले रेलले पटक पटक हर्न दिँदै आएको थियो । नजिकमा आएर समेत हर्न दिएपछि उनले कन्फूज भएर रेलतिरै दौडिँदा उनको खुट्टा भएर रेल गुज्रेपछि दुवै खुट्टा छिनिएको रेल विभागका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए ।

दासको उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल ल्याईएको हो । उनको दुवै खुट्टा छिनिएको हो ।

२०८१ श्रावण १२, शनिबार ०८:०४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय