महोत्तरी ,श्रावण २८ गते । नेपालमा प्रतिबन्धित एप रहेको टिकटक एप मार्फत करिब ८ लाख रुपैयाँ ठगी गरेर महोत्तरीकी दुई दिदीबहिनी फरार भएकी छन् ।
महोत्तरीको जलेश्वर बस्ने टिकटोकर सोनम मण्डल र सोनाली मण्डल दिदिबहिनी मिलेर वैदेशिक रोजगारीमा रहेका युवकहरुको करिब ८ लाख रुपैयाँ ठगेर फरार भएकी छन् ।
शुभकामना

धनुषाको नगराई नगरपालिका बस्ने बच्चा अँशु महतोको रिक्सा दुर्घटनापछि चलेको बचाउ अभियानको नाममा उनले गोप्य खाता नम्बर करिब ८ लाख रुपैयाँ बढी उठाएर सम्पर्कविहिन भएकी हुन् । उनीहरु मात्र टिकटोक एपमा लाईभ आएर हिसाब माग्नेहरुलाई तथानाम गाली गर्ने गरेकी छन् ।
उनीहरु प्रतिबन्धित टिकटक एपमा लाईभ आएर विदेशबाट सहयोग गर्ने सहयोगी हातहरुलाई नै उल्टै गाली गलौज गर्न थालेकी छन् । सहयोगीहरुले सहयोगको पारदर्शीता गर्न माग गरेपछि दुवै दिदीबहिनीले गाली गलौजमा उत्रेकी छन् । उनीहरु टिकटोक मार्फत, रिल्स मार्फत गाली सुरु गरेकी छन् ।
वैदेशिक रोजगारीमा रहेका युवकहरुले पसिनाको कमाई बच्चा अँशु महतो बचाउको लागि पठाएपनि टिकटोकर दुवै दिदीबहिनीले करिब ८ लाख रुपैयाँ घप्ला गरेकी हुन् । उनीहरुले हस्पिटलमा १४ लाख रुपैयाँ बुझाएको भनेर गलत तथ्य भिडियो मार्फत दिएकी हुन् । हस्पिटलमा मात्र ७ लाख ८० हजार रुपैयाँ भुक्तानी भएको अस्पतालले पुष्टि गरेपछि उनीहरुले ८ लाख रुपैयाँ ठगी गरेको पुष्टि भएको छ ।
सोनम मण्डल र सोनाली मण्डलले पीडितहरुको आँशुलाई हतियार बनाएर उनीहरुको आँशुको व्यापार गर्न थालेकी छन् । पीडितको आँशु देखाएर उनीहरुले आफ्नो ईसेवा, बैँक खातामा रकम मगाएर घप्ला हान्दै आएकी हुन् । टिकटोकमा मोबाईल नम्बर छाडेर फोन गरेपछि प्राईभेट खाता नम्बर दिएर रकम ठग्दै आएकी हुन् ।
यता, सहयोगकर्ताहरुले आफ्नो खुन पसिनाको कमाईको हरहिसाब मागेपछि दुवै दिदीबहिनीले गाली गर्न थालेकी हुन । अब सहयोगकर्ताहरुले समेत यस्तालाई कहिले पनि सहयोग नगर्ने बताउन थालेका छन् । सोही क्रममा सोनम सोनालीमाथि ठगीको मुद्दा हाल्ने तयारी गरिएको हो ।
https://www.facebook.com/share/v/NJHNQNfewTudTued/?mibextid=oFDknk














