सप्तरी ,भाद्र १३ गते । सप्तरीमा जंगली बँदेल मारेको आरोपमा नेपाल प्रहरीका पूर्व डीआईजी ज्ञानविक्रम शाहसहित १० जना पक्राउ परेका छन् । ६१ वर्षीय शाह सुनसरीको इटहरी उपमहानगरपालिका–२ का बासिन्दा हुन् ।
उनीसँगै, विराटनगर महानगरपालिका–३ का बहालवाला सई ४४ वर्षीय सञ्जय न्यौपाने, सप्तरीको तिरहुत गाउँपालिका–१ का ५१ वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी नगरपालिका–१ का ५० वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी–२ का ५१ वर्षीय जनार्दन राउत, हुनमाननगर कंकालिनी–३ का ५१ वर्षीय शंकरप्रसाद यादव, हुनमाननगर कंकालिनी–५ का २३ वर्षीय ओमशंकर प्रसैला, हुनमाननगर कंकालिनी–८ का ३७ वर्षीय आकाश यादव, राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास, र सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ३३ वर्षीय प्रदीप लिम्बू रहेको सप्तरी प्रहरीले जनाएको छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उनीहरूलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगिनायाँ कोशी पलार क्षेत्रबाट आज बिहान ३ बजे पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट एक राइफल, दुई म्याग्जिन, १५ राउण्ड गोली, तीन बाइनाकुलर, एक ट्राइपोर्ट, फलामको हथौडा, खुर्पा, एक स्कोरपिओ गाडी, एक ट्र्याक्टर, र गोलीले मारिएको एउटा बँदेल बरामद गरिएको छ ।
घटना र पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।















