शिव मारुती ज्वेलर्स

महोत्तरी, असार १२ गते ।  महोत्तरीको जलेश्वर नगरपालिका–७ स्थित बखरी पुल क्षेत्रमा प्रहरीले करिब ९० किलोग्राम गाँजा बरामद गरेको छ। घटनामा संलग्न मोटरसाइकल चालक भने फरार भएका छन्।

प्रहरीका अनुसार नम्बर प्लेट नभएको मोटरसाइकललाई शंकाको आधारमा रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए। त्यसपछि गरिएको खानतलासीका क्रममा मोटरसाइकलमा राखिएका दुईवटा सेतो बोराभित्र प्लास्टिकमा प्याक गरिएको अवस्थामा करिब ९० किलोग्राम गाँजा फेला परेको हो।

शुभकामना

बरामद गरिएको गाँजा र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रहरीले जनाएको छ। फरार चालकको खोजी तीव्र पारिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।

२०८३ असार १२, शुक्रबार ०९:५०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय