शिव मारुती ज्वेलर्स

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित एभरेस्ट पेपर उद्योगममा मेसिनमा च्यापिएर एक मजदुरको ज्यान गएको छ । त्यहा कार्यरत मजदुर क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने ३५ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवका अनुसार आज बिहान १० बजे काम गर्ने क्रममा मेसिनको फित्तामा बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

शुभकामना

घटनास्थलमा प्रहरी टोलि पुगेर अनुसन्धान गरिरहेको छ मृतक परिवार र मजदुर तत्कालै क्षतिपूर्तिको माग गर्दै धर्ना दिएका छन् ।

२०७९ मंसिर ३, शनिबार १२:२८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय