फोक्स नेपाल ,संवाददाता । सिराहामा मतपेटिका खोस्ने प्रयास गरेपछि सिरहामा हवाई फायर भएको छ ।
जिल्लाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल मतदानस्थलमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच मतपेटिका खोस्ने प्रयास भएपछि प्रहरीले ३ राउन्ड हवाइ फायर गरेको छ ।
शुभकामना

स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए ।














