फोक्स नेपाल , मंसिर ४ गते । धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरस्थित लक्ष्मी मावि मतदान केन्द्रमा एकीकृत समाजवादी र नेकपा एमालेका कार्यकताबीच झडप भएको छ ।
वृद्ध अशक्तहरूको परिवार बाहेकका एउटै व्यक्तिले दुई/तीन जनाको सहयोगी भई मतदान गर्न थालेपछि विवाद भएको हो ।
शुभकामना

एकीकृत समाजवादीका धनुषा जिल्ला सदस्य राम उदगार महतोलाई एमालेका एक कार्यकर्ताले धकेलेपछि विवाद भएको बटेश्वर गाउँपालिका १ का एमाले नेता उमेश महतोले बताए ।
विवादलगतै क्षेत्र नं. ४ (ख) का उम्मेदवारसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोलगायतका नेताहरू मतदान केन्द्र पुगेर विवाद साम्य पारेका छन् ।














