शिव मारुती ज्वेलर्स

गण्डकी प्रदेश , मंसिर ५ गते । नेपाली कांग्रेसका नम्दु गुरुङ मुस्ताङ ‘क’बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका इन्द्रधारा डादु विष्टलाई पराजित गर्दै प्रदेश सभामा विजयी बनेका हुन् । गुरुङले १ हजार ४८ र विष्टले ७ सय ९३ मत प्राप्त गरे ।

शुभकामना

निर्वाचित गुरुङ गत वैशाख ३०मा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए ।

उनी लोमान्थाङ गाउँपालिका–४ को नेपाली कांग्रेसबाट उम्मेदवार बनेको थिए ।

उनलाई नेकपा एमालेका छिरिङ धिन्डु गुरुङले २७ मतले पराजित गरेका थिए ।

छिरिङले १ सय २६ मत प्राप्त गरेका थिए ।

२०७९ मंसिर ५, सोमबार ११:५३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय