टीकापुर, मंसिर १० । नागरिक उन्मुक्ति पार्टीको विजय र्यालीबाट फर्किर्दै गरेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ कैलालीमा एक जनाको ज्यान गएको छ ।
प्रहरी श्रोतका अनुसार शुक्रवार साँझ करिव साढे ६ वजे नागरिक उन्मुक्ति पार्टीको विजय र्यालीमा सहभागी भएर फर्किरहेको ट्याक्टरले जोशीपुर गाउँपालिका वडा नं.–१ बढरिया नजिकै बा ४९ प ३१७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ टीकापुर नगरपालिका वडा नं.–४ ठानापुरका ३३ वर्षीय रामकुमार चौधरीको घटनास्थल मै ज्यान गएको हो ।
शुभकामना

प्रहरीले मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरको पहिचान भइसकेको र ट्याक्टर चालक फरार रहेको जनाएको छ ।
मृतक चौधरी नेकपा माओवादी केन्द्रका वडा कमिटी सदस्य हुन् र उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल ल्याउन लागिएको टीकापुर नगरपालिकाका उपमेयर खड्क शाह संघर्षले जानकारी दिएका छन् ।
चौधरी मलखादको खोजीका लागि जोशीपुर्वतर्फ गएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।














