शिव मारुती ज्वेलर्स

बिराटनगर, मंसिर ९ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९|०३|१७ गतेको फैसला आदेशले हात-हतियार खरखजना मुद्धामा ५ महिना ६ दिन कैद र ५ हजार रुपैँया जरिवाना तोकिएका धरान उप-महानगरपालिका ६ का ३२ बर्षिय मनि तामाङ्, २९ बर्षिय सिद्धार्थ राई, ४२ बर्षिय राम बहादुर योन्जन र ३४ बर्षिय शम्भु दाहाललाई खोजतलास गर्न क्रममा गाउघरमा नै लुकिछिपी बसेको अबस्थामा आजै पक्राउ गरेको हो ।

शुभकामना

पक्राउ परेका चारै जनालाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागि सुनसरीको झुम्का कारागार पठाईएको विराटनगर प्रहरी कार्यालयले जनाएको छ  ।

२०७९ मंसिर ११, आईतवार ११:०९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय