शिव मारुती ज्वेलर्स

गणेश कुशवाहा । ३१ औं “विश्व अपाङ्ग दिवस “को अबसरमा हरिपुर्वा नं.पा.वडा नं.१ अपाङ्ग सहायता पोलिकिल्नि प्रा.लि.र हरिपुर्वा नगरपालिका को सहयोग द्वारा स्वास्थ्य शिविर उद्वघाटन गरिएको  छ ।

उक्त स्वास्थ्य शिविर हरिपुर्वा नगरपालिका को मेयर विनोद कुमार साह द्वारा उदघाट्न गरिएको छ  ।अपाङ्ग दिवसको अवशरमा हरिपुर्वा नं.पा ९औं ओटा वडाका अपाङ्ग व्यक्तिहरुलाई सम्मान सहित शिविर संचालन भएको छ ।

शुभकामना

” समावेशी विकासको लागि रुपान्तरित सामाधान ” पहुच युक्त र समानता मुलक विश्वका उर्जावान शिलताको प्रावधान गर्ने उदेश्यले अपाङ्ग सहायता पोलिकिलनिक प्रा.लि. गौशाला , महोत्तरी द्वारा उक्त शिविर संचालनमा ल्याएका छन् ।

प्रतेक शनिबार हरिपुर्वा नगरपालिका को ९औं ओटा वडा उक्त शिविर संचालन हुने योजना ल्याएका छन् । पहिलो पटक शनिबार वडा नम्बर १ देखि सुरुभएको छ ।

उक्त शिविरमा मेयर विनोद कुमार साहले आफ्नो पहिलो भुमिका स्वास्थ्य ,शिक्षा र कृषिमा सुधार ल्याउने प्रतिबद्धता समेत गर्नु भएका छन् ।

शिविरमा गौशाला नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका सम्पुर्ण टिमहरु सहयोग र जन स्वास्थ्य निरीक्षक राज किशोर राय मुख्य भुमिकामा उक्त शिविर संचालनमा आएको छ ।उक्त शिविरमा आँखा ,नाशा, दात ,ल्याब तेस्ट गरि विभिन्न प्रकारको रोग सँग ग्रसित विरामीलाई चेकजाँच गरी औषध पनि नि:शुल्कमा वितरण गरेका छन् ।

२०७९ मंसिर १८, आईतवार ०४:१०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय