शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,मंसिर २४ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ। आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको नेकपा एमालेका नेता विष्णु रिजालले जानकारी दिए।

बैठकमा मंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिक प्रणाली अन्तर्गत समानुपातिक तर्फका सांसद चयन गरिनेछ।

शुभकामना

शुक्रबारका लागि तोकिएको बैठक तयारी नपुगेको भन्दै शनिबारका लागि स्थगित गरिएको थियो। एमालेले प्रतिनिधि सभामा समानुपातिकतर्फ ३४ सिट पाएको छ।

त्यस्तै, प्रदेश १ मा १५, मधेस प्रदेशमा ८, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ७ सिट पाएको छ। कूल सदर मतमध्ये एमालेले ३० दशमलव ६९ प्रतिशत मत प्राप्त गरेको छ। ­

२०७९ मंसिर २४, शनिबार ०२:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय