महेश सिंह सिरहा ,लहान २६ मंसिर । सिरहाको लहानमा भब्य रूपमा ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएका छन।जिल्ला अध्यक्ष बिमल ठाकुरको नेतृत्वमा पशुपति आदर्श उच्च माध्यमिक बिधालयको प्राङ्गणबाट सुरु गरिएको रयाली लहान बजार प्रभात फेरि स्कुलको परिसमा आएर कोणसभामा परिणत गरेका थिए।
प्रत्येक बर्ष डिसेम्बर १० तारीखका दिन नेपाल लगायत अन्य देशहरूमा दिवस मनाउने गरिएका छन्।मानव अधिकार संगठनका केन्द्रिय सदस्य राज कुमार राउत जिल्ला अध्यक्ष बिमल ठाकुर,जिल्लाका पदाअधिकारीहरु सुरेन्द्र कुमार महतो,बिजय महतो,लगायतका दर्जनौं पदाअधिकारीहरुको उपस्थिति रहेको थियोे।
शुभकामना

मानव अधिकारको हनन नहोस्,मानव अधिकारलाई संरक्षण गरौं,हरेक मानवको अधिकारबाट बन्चित नगरौं।स्वतन्त्रता र समानताको प्रत्याभूति गराउ भने मुल नाराको साथ कार्यक्रम गरेको आयोजक कमिटीले जानकारी दिनु भयो।














