शिव मारुती ज्वेलर्स

एजेन्सी । मध्य अमेरिकी मुलुक ग्वाटेमालाको सबै भन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरी विष्फोट भएकाे छ ।

साेही विष्फोटका कारण ग्वाटेमालाको सबै भन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग समेत बन्द गरिएको हाे । विष्फोटपछि लाभा र खरानी आकाशभरी फैलिएको छ । फुएगो नामको ज्वालामुखी आइतबार राति विष्फोट भएपछि धुवाँ आकाशमा दुई किलोमिटर माथिसम्म पुगेको थियो ।

शुभकामना

तेज हावाले खरानीलाई ३५ किलोमिटर टाढा ग्वाटेमाला शहरसम्म पुर्याएको जनाइएकाे छ । राजधानीबाट ६ किलोमिटर दक्षिणमा रहेको लाअरोरा अन्तर्राष्ट्रिय विमानस्थललाई आइतबार मध्य रातमा अस्थायी रूपमा बन्द गरिएको हो ।

२०७९ मंसिर २६, सोमबार ०५:३७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय