शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,मंसिर २७। मधेश सरकारले स्थापना गरेको मधेश कृषि विश्वविद्यालयले बिना कुनै अध्यापन गराएर एक वर्ष पुरा गरेको छ ।

अध्यादेश मार्फत मधेश सरकारले स्थापना गरेको कृषि विश्वविद्यालयले मंगलबार एक वर्ष पुरा गरेको छ तर अहिलेसम्म अध्यापन समेत सुरु गर्न सकेको छैन् ।

शुभकामना

मुख्यमन्त्री लालबाबु राउतले २०७८ मंसिरमा उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेका थिए ।

प्रदेशको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले २०७८ कार्तिक २३ गते प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए । पछि प्रदेशसभाबाट यसलाई पारित गरिएको थियो ।

२०७९ मंसिर २७, मंगलवार १२:५७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय