शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस ६ गते । महोत्तरीमा स्यालको टोकाइबाट सातजना घाइते भएका छन् । मंगलबार साँझ महोत्तरीको पिपरा गाउँपालिका–७ बनौलीमा दुई महिलासहित सातजनालाई स्यालले टोकेको वडाध्यक्ष मधुवेन्द्र झाले जानकारी दिए ।

स्यालको टोकाइबाट स्थानीय विल्टु मण्डल, शिवशंकर साह, रुदल साह, दिनेश ठाकुरसहितका घाइते भएका छन् । दुईजनाको अवस्था भने गम्भीर रहेको उनले बताए ।

शुभकामना

उनका अनुसार दुवैजनालाई जनकपुरधामस्थित जानकी हेल्थ केयरमा रिफर गरिएको हो । अन्य पाँचजना सामान्य घाइते भएको र उनीहरूको उपचार स्थानीय क्लिनिकमा भइरहेको छ ।

२०७९ पुष ६, बुधबार ०५:३३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय