शिव मारुती ज्वेलर्स

फोकस नेपाल , पुस ६ गते । पर्सामा बिहेमा नाच्ने विषयमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति भएको झगडामा जिल्लाको जिराभवानी गाउँपालिका ४ का ३६ वर्षीय सैमुल्लाह राउतको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

शुभकामना

स्थानीय २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झै–झगडा हुँदा कुटपिट भएर सैमुल्लाहको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते भएका सैमुल्लाहलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा लग्दा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

२०७९ पुष ६, बुधबार ११:०५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय