फोकस नेपाल ,पुस ८ गते । धनुषाको नगराइन नगरपालिकाका शिक्षक तथा विद्यालयका कर्मचारीहरुले पाँच महिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालय बन्द गराएका छन् ।
धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलब भत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएका हुन् ।
नगरपालिकाका सूचना अधिकारी मो. अन्सारुल राईनका अनुसार शिक्षकहरुले तलब समयमा माग गर्दै आन्दोलन गर्दै आइरहेका छन् । आन्दोलनलाई साथ दिँदै आज जिल्लाभरका सामुदायिक विद्यालय बन्द गरेका छन् ।
शुभकामना

उनका अनुसार नगराइन नगरपालिकाको नगरसभा बस्न नसक्दा साउनदेखि शिक्षक तथा कर्मचारीहरुले तलब पाउन सकेको छैन। पालिकाका शिक्षकहरुले मंसिर १८ गतेदेखि तलबभत्ता माग गर्दै नगरपालिका अगाडी करिब दुई महिनादेखि आन्दोलन गर्दै आइरहेका छन् ।














