शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस १० गते । दुई किलो युरेनियम जस्तो देखिने पदार्थसहित बाराबाट तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा जितपुर उपमहानगरपालिका–५ का २९ वर्षीय रवि चौधरी, सोही ठाउँका ३० वर्षीय सागर चौधरी र माधबनारायण नगरपालिका–२ रौतहटका २२ वर्षीय बृज सहनी रहेकाा छन् ।

शुभकामना

सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सुचनाको आधारमा १२ नम्बर गण बारा मातहत सुरक्षा बेश जितपुरले उनीहरुलाई पक्राउ गरेको हो ।

जितपुरस्थित आदित्य होटलको कोठा नम्बर ४ बाट उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिए।पक्राउ परेकाहरुलाई सो पदार्थ सहित थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको जनाएको छ ।

२०७९ पुष १०, आईतवार ०२:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय