शिव मारुती ज्वेलर्स

काठमाडौं ,पुस १३ गते। प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ ।

झडपमा परेर दुईजना घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

शुभकामना

उनका अनुसार घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।के विषयमा झगडा भएको स्पष्ट नभए पनि विद्यार्थीकै गुटको झगडा हुनसक्ने क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले बताए ।

उनले भने, ‘प्रहरीले चार जनालाई पक्राउ गरेर लगेको छ, थप विषय प्रहरीबाटै थाहा होला ।’एसपी मैनालीले उनीहरुबीच केही दिनअघि भलिबल खेल्ने बेला पनि विवाद भएको बताए । भने, ‘खास के कारण हो भन्ने विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

२०७९ पुष १३, बुधबार ०५:३९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय