शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस २४ गते । धनुषा जिल्ला अदालतबाट फैसला भई कैद र जरबाना ठेगिएका मुद्दाका निम्न फरार प्रतिवादीहरूलाई खोजतलाशको क्रममा आज पुस१४ गते निम्न स्थानहरूबाट पक्राउ गरिएको छ

पक्राउ पर्नेमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका ८ बजरंग चोक बस्ने अं. वर्ष ४२ को राज कुमार राउतलाई बिगो मुद्धामा धनुषा जिल्ला अदालतबाट १ (एक) वर्ष कैद तोकिएकोमा निज फरार प्रतिवादि राज कुमार राउतलाई  ऐ. ८ रामानन्दचोक स्थित चिया पसलबाट नियन्त्रण लिन सफल भएको छ ।

शुभकामना

त्यतै जिल्ला धनुषा कमला न.पा. वडा नं. २ बस्ने अं. वर्ष ६५ को जिवछ यादवलाई  कुटपिट मुद्दामा धनुषा जिल्ला अदालतबाट २ वर्ष कैद र १००० जरीवाना तोकिएकोमा  निज फरार प्रतिवादि जिवछ यादवलाई ऐ. स्थित आफ्नै गाउँमा घुमफिर गरि रहेको अवस्थामा नियन्त्रणमा लिन सफल भएको छ र जिल्ला धनुषा नगराईन न.पा. वडा नं. ५ बस्ने अं. वर्ष ६० को खुशीलाल यादवलाई  कुटपिट मुद्दामा सम्मानित धनुषा जिल्ला अदालतबाट २ वर्ष कैद तोकिएकोमा निज फरार प्रतिवादि खुशी लाल यादवलाई ऐ. स्थित आफ्नै गाउँमा घुमफिर गरि रहेको अवस्थामा नियन्त्रणमा लिन सफल भएको छ ।

पक्राउ परेका तिनै जना लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुखले जानकारी दिए ।

२०७९ पुष १४, बिहीबार १५:०६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय