शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुष २० गते । बारामा दुई किलो लागूऔषध चरेशसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

बाराको सुवर्ण गाउँपालिका-३ स्थित संतगंज सीमा क्षेत्रबाट भारत मोतिहारी बेलगाँउका ३० वर्षीय राज कुमारलाई पक्राउ गरेको हो । बिओपी कबही गोठबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेका छन् ।

शुभकामना

बिआर ०५ एभी ३०४२ नम्बरको भारतीय नम्बर प्लेट भएको मोटरसाइकल चलाएर भारततर्फ जाने क्रममा चेकजाँच गर्दा चार वटा चरेशको प्याकेट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका राज कुमारलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाउन लागिएको छ ।

२०७९ पुष २०, बुधबार ०४:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय