शिव मारुती ज्वेलर्स

काठमाडौँ, पुस २३ गते । दाइजोसम्बन्धी कसुरमा डा. पंकज चौधरीलाई जिल्ला अदालत महोत्तरीले थुनामा पठाउन आदेश दिएको छ

महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का डा. चौधरीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

शुभकामना

डा. चौधरीकी श्रमती नेहाद्वारा दायर गरिएको दाइजोसम्बन्धी कसुर मुद्दाको थुनछेक बहसपछि न्ययाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले थुनामा पठाउन आदेश दिएको हो।

गतवर्ष मात्रै विवाह भएको केही महिनापछि नेहाले श्रीमान पंकजले दाइजोका लागि प्रताडित गर्दै आइरहेको आरोप लगाएकी थिइन्। दाइजोको नाममा आफूमाथि हिंसा भइरहेको भन्दै नेहाले अदालत गुहारेकी थिइन्।

नेहाले पंकजविरुद्ध घरेलु हिंसा, अंश मुद्दा, जालसाजी लगायतका मुद्दा दर्ता गराएकी हुन्।

यता, पंकजलेसमेत सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराई सकेका छन्।

२०७९ पुष २३, शनिबार ०१:२३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय