गणेश कुशवाहा , पुस २३ गते । कुशवाहा बुद्धिजीवी सेवा समाज नेपाल महोत्तरीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । दोस्रो जिल्ला अधिवेशनमा महोत्तरी,सिरहा र धनुषा जिल्ला लगायतका कुशवाहाहरुको यस अधिवेशनमा उपस्थिति रहेको थियो ।
भगवान रामका छोरा लभ कुशको फोटोमा अविर मला अर्पण गरि दिप प्रज्वलन गर्दै कुशवाहा (महतो) हरुको उत्पति कहाँ बाट भयो भने विभिन्न बुद्धिजीवी आफ्नो धारणा अनुसार भगवान राम को कुल बाट कुशवाहा जातिको उत्पति भएको धारणा पेश गरेको छ । त्यतै दोस्रो अधिवेशन सम्पन्न गर्दै आउने तीन वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।
शुभकामना


दोस्रो जिल्ला अधिवेशनमा बन्दसत्र संचालनका लागि पाँच सदस्य निर्णायक मंडलद्वारा नयाँ कार्यसमिति गठन गरिए । नयाँ कार्यसमितिका अध्यक्ष श्यामबाबु महतो,उपाध्यक्ष उमेश महतो,महिला उपाध्यक्ष सम्झना सिंह ,सचिव लाल बिहारी महतो , सह-सचिव बिमल कुमार बिमल , कोषाध्यक्ष धरबेन्द्र कुमार सिंह ,सदस्य दिपललाल महतो,निलम कुशवाहा,राम बिलाश प्रसाद कुशवाहा,देवेन्द्र प्रसाद कुशवाहा,रंजित कुमार बर्मा , गणेश कु. सिंह कुशवाहा,रिना कुमारी महतो लगायत १३ कार्यसमिति चयन गरिएको छ ।


महोत्तरी दोस्रो अधिवेशनका प्रमुख अतिथि पुर्व मन्त्री एंम वर्तमान माननीय सरोज सिंह कुशवाहा ,विशिष्ट अतिथि कुशवाहा बुद्धिजीवी सेवा समाज नेपालको केन्द्रीय अध्यक्ष देवनारायण महतो ,अतिथी गौशाला नगर प्रमुख डा. दिपेन्द्र महतो,गौशाला न.पा. १० वडाध्कक्ष मुकेश महतो , गौशाला वडा ११ वडाध्यक्ष एंम नगर परवक्ता राम पृत महतो,kiss nepal को केन्द्रिय सदस्य एंम सचीव राम प्रकाश महतो र कुशवाहा बुद्धिजीवी सेवा समाज नेपाल महोत्तरी जिल्लाका सदस्यहरु लगायतका प्रतिनिधिहरुका उपस्थिति थिए ।















