गणेश कुशवाहा । महोतरीको श्री ने.रा.ज.आधारभूत (०-८) विद्यालय गौशाला न.पा -११ महोत्तरीको ६५ औं वार्षिकोत्सब को उपलक्ष्यमा स्व. नन्दलाल महतो स्मृति संस्थाद्वारा अयोजित निम्नमाध्यमिक विद्यालय तह गौशाला नगरपालिका अन्तर वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिताको प्रथम उपाधि ने.रा.ज. आधारभूत बहादूरगंजले जितेको छ ।
प्रतियोगितामा मुनिमिश्री आधारभूत पररिया द्धितीय र मा.वि. बटौवा विद्यालयले तृतीय भएको हो । प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई कप, प्रमाण पत्र र विद्यार्थीहरुलाई मेडल, प्रमाण पत्र तथा पुरस्कार प्रदान गरिएको छ ।
शुभकामना

गौशाला नगरपालिका का नगर उप-प्रमुख रेणु कुमारी महातेले विजयी विद्यार्थीहरुले पुरस्कार वितरण गरेका थिईन । विद्यार्थीहरुको क्षमता अभिबृद्धिकालागि अतिरिक्त क्रियकलपाले मदत पुग्ने भन्दै हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने सह-आयोजक स्व. नन्दलाल महतो स्मृति संस्था र आयोजक श्री ने.रा.ज. आधारभूत (०-८) विद्यालय गौशाला न.पा -११ लाई मेयर महतोले धन्यवाद समेत दिए ।
स्व. नन्दलाल महतो स्मृति संस्थाका अध्यक्ष देवनारायण महतोको अध्यक्षतामा भएको हाजिरीजवाफ प्रतियोगितामा ने.रा.ज अधारभूत कालिपुर, मुनिमिश्री आधारभूत पररिया, मा.वि. बटौवा, श्री ने.रा.ज. आधारभूत बहादुरगंज सहभागि भएका थिए । गौशाला नगरपालिकाका सबै विद्यालयलाई सहभागिकालागि आमन्त्रण गरेपनि ४ विद्यालय मात्रै सहभागि भएको स्व. नन्दलाल महतो स्मृति संस्थाका अध्यक्ष देवनारायण महतोले बताए ।
कार्यक्रमको प्रमुख अतिथि नगर उप-प्रमुख रेणु कुमारी महतो, विशिष्ट अतिथि नगर प्रबक्ता एंम वडा नं. ११ अध्यक्ष राम पृत महतो ,व्यवस्थापन समिति का सम्पुर्ण सदस्य लगायत उपस्थिति रहेको थियोे ।














