गणेश कुशवाहा , पुस २७ गते । युवाहरूको नेतृत्वमा गौशाला नगरपालिका उप-प्रमुखलाई ज्ञापन पत्र बुुुझएको छ । गौशाला नगरपालिका -१२ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजार विद्यालयमा एक महिनाको फरकमा तीन पटक चोरी भएको छ। बितेको ४ महिनाभित्र विद्यालयमा तेस्रो पटक चोरी भएको हो।

शुभकामना

उक्त विद्यालयमा पुर्ण बुधबार राति चोरी भएको कान्तिबजार राष्ट्रिय क्याम्पस प्रमुख श्यामबाबू महतोले जानकारी दिए।
चोरले कान्तिबजार राष्ट्रिय क्याम्पसको ढोका फोरेर कम्पुटर चोरी गरेको क्याम्पस प्रमुख महतोको भनाई छ।
चोरले विद्यालयको करिब लाखौं मूल्य बराबर डेक्सटप कम्प्युटर ,प्रोजेक्ट चोरी गरेर लगिसकेको छ। पहिलो पटक साउन महिलामा विद्यालय बन्द भएको बेला प्रोजेक्ट चोरी भएको थियो तरपनि विद्यालयमा बराबर चोरी भएपनि विद्यालय प्रसारण र स्थानीय निकाई मौन भएको देखिन्छन् ।
विद्यालय प्रसारण र स्थानीय निकाई मौन भएपछि विद्यालय लाई सुरक्षाको लागि युवाहरूको नेतृत्व मा गौशाला नगरपालिका उप-प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ।














