शिव मारुती ज्वेलर्स

काठमाडौँ, माघ १ गते । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको र हालसम्म ३६ जनाको शव निकालिएको छ ।

शुभकामना

शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए ।

आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यात्रुमध्ये १० जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना आएको छ।

२०७९ माघ १, आईतवार ०७:५०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय