शिव मारुती ज्वेलर्स

काठमाडौं ,माघ ७ गते । भोजपुरको अरूण गाउँपालिकाको केन्द्रका लागि जग्गा छनौट गर्ने निर्णय भएपछि विवाद भएको छ । निर्णयपछि गाउँपालिका अध्यक्ष सालिकराम खत्री ,उपाध्यक्ष विनिता ढकाल लगायत सदस्यलाई कार्यालयभित्र थुनिएको थियो।

शुक्रबार बसेको कार्यपालिका बैठकले सर्वसम्मत निर्णय हुन नसकेपछि बहुमतको आधारमा अरूण गाउँपालिकाको कार्यालयका लागि जग्गा छनौट गरिएको थियो ।

शुभकामना

गाउँपालिकको केन्द्र प्याउली बजार भन्दा २ किलोमिटर टाढा मराङडाडामा हुनेभएपछि स्थानीय बजारबासी आक्रोशित बनेका हुन् ।कार्यपालिकाको बहुमतको निर्णय भएकोमा बजारवासीले विरोध गर्दै तालाबन्दी गरेको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताइन् ।

स्थानीय प्याउली बजारवासी पुर्ण श्रेष्ठले भने गाउँपालिकाका जनप्रतिनिधि प्रभाव र दवावमा परेर गलत निर्णय गरेका कारण विरोध स्वरूप तालाबन्दी गरेको बताए ।

२०७९ माघ ७, शनिबार ०२:३२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय