शिव मारुती ज्वेलर्स

जनकपुरधाम, माघ १३ गते । धनुषा प्रहरीले पेस्तोलसहित २८ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको मिथिला नगरपालिका वडा नं. ७ का २८ वर्षीय रौशन महतो रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

शुभकामना

बिहिबार राति ८ बजेको समयमा मिथिला २ नकटाझिझ चौक स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको टोलीले शंकाको आधारमा महतोलाई चेकजाँच गर्दा माउजर पेस्तोल १ थान, गोली २ राउण्ड लोड गरिएको र १ थान म्याग्जीनसहित नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

२०७९ माघ १३, शुक्रबार ०८:५५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय