शिव मारुती ज्वेलर्स

बीरगन्ज, माघ १७ गते । प्रहरीले बिल विजक भन्दा बढी लत्ताकपडा लोड भएको ट्रक नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय बारामा बुझाएको छ ।

बीरगन्जबाट काठमाडौं गईरहेको ना २ ख ८५१९ नम्बरको सो ट्रकलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बीरगन्ज वडा नं. २३ बाट नियन्त्रणमा सोमबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको ट्रक चेकजाँच गर्ने क्रममा बिल विजक भन्दा बढी सामान लोड भएको पाइएकाले नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए ।

शुभकामना

नियन्त्रणमा लिइएको ट्रक आवश्यक कारावाहीको लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय बारामा बुझाइएको बुढाथोकीले जानकारी दिए ।

२०७९ माघ १७, मंगलवार १३:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय