शिव मारुती ज्वेलर्स

रौतहट, माघ २३ गते । रौतहटको चन्द्रपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका ७ का ३० वर्षीय किरण लामा घिसिङ छन् ।
सर्लाहीबाट निजगढ जाँदै गरेको मधेश प्रदेश–०४–००१ प ३५५७ नम्बरको मोटरसाइकल आइतबार साँझ रौतहटको चन्द्रपुर नगरपालिका ४ धन्सार पुल नजिक साढे ६ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारको क्रममा चन्द्रपुर अस्पतालमा आइतबार बेलुकी सवा ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

शुभकामना

२०७९ माघ २३, सोमबार ०६:३७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय