शिव मारुती ज्वेलर्स

झापा, २४ माघ । झापाको मेचीनगर नगरपालिकाबाट हतियार (एयरगन) सहित चार जना भारतीय नागरिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान सुसेन र २० वर्षीय बिटु सरकार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुभकामना

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको हो ।

हतियार र गोलीसहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

२०७९ माघ २४, मंगलवार १४:१५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय