फोकस नेपाल ,माघ २५ गते । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर–१२ मा ९ वर्षीय बालक मृत अवस्थामा भेटिएको छ । कक्षा ४ मा अध्ययनरत रुपेशकुमार महतो सारस्वर स्थित घरमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर रामचन्द्र शाहले नेपालपोष्ट डेलीलाई बताए ।
उनी सारस्वर माविमा अध्ययनरत थिए । पाँच दिनदेखि स्कुल नगएका उनलाई बुवा जुगती महतोले गाली गरेर स्कुल छाडेर आएका थिए । तर, टिफिन टाइममा स्कुलबाट भागेर घर आएका उनि दलिनमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको इन्स्पेक्टर शाहले जानकारी दिए ।
शुभकामना

जिल्ला अस्पताल सिरहामा पोष्टमार्टम पछि प्रहरीले शव परिवारलाई जिम्मा लगाएको छ । आमाको मृत्यु भैसकेको उनी सौतेनी आमा र बुवासँग बस्दै आएका थिए ।














