फोकस नेपाल ,फागुज २ गते । महोत्तरीबाट स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला मटिहानी नगरपालिका -८ स्थित दशगजा क्षेत्र नजिकैबाट सोही वडा निवासी २९ वर्षीय महेश यादव रहेका प्रहरीले जनाएको छ ।
प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । ज.६प ६६६४ नम्बरको ग्लेमर मोटरसाइकलको ट्याङ्कीमा फल्स बटन बनाएर ट्याङ्की मुनि लुकाएर राखेको अवस्थामा सो रकम बरामद गरेको प्रहरीले जनाएको छ ।
शुभकामना

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बरामद रकम, मोटरसाइकल र चालकसमेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताउनुभएको छ ।














