निरन्जन कुमार साह
गौशाला , फाल्गुन २ गते ।महोत्तरीको गौशालामा एक नवविवाहित युवतिमाथि निर्घात कुटपिट भएको छ । मंगलबार गौशाला -५ निवासी ति युवतिलाई आफ्नो हालको श्रीमान , पहिलेको श्रीमान ,ससुरा र नन्द मिलेर कुटपिट गरेका छन् ।
शुभकामना

गौशाला नगरपालिका वडा न.५ निवासी ससुरा रामचन्द्र साह , हालको श्रीमान शैलेन्द्र साह, नन्द तुलसी साह र पहिलाको श्रीमान लालेन्द्र साह गरि चारै जना मिलेर कुटपिट गरेको युवतिले आरोप लगाएकी छिन । कुटपिटबाट युवतिको हात ,खुट्टा , टाउको र शरीरको विभिन्न भागको गम्भीर चोट लागेको छ ।

ति युवतिको दुइ दिन पहिला मात्र रामचन्द्र साहको कान्छो छोरा शैलेन्द्र साह सँग विवाह भएको हो । यस अघि बितेको असारमा जेठो छोरा लालेन्द्र साह सँग नै उनको विवाह भएको थियो । सन्तान उत्पादनको इच्छा जेठो श्रीमान बाट नभएपछी ससुरा र देवर (हालको श्रीमान ) ले जबर्जस्ति शारीरिक सम्बन्ध राख्दै आएका थिए ।
शारीरिक सम्बन्धको दबाव सहन नसकेपछी ति युवतीले केहि अगाडी इलाका प्रहरी कार्यालय गौशाला उजुरी दिएकी थिईन । त्यसपछी २ दिन अगाडी मात्र उनको विवाह फेरी लालेन्द्रको कान्छो भाई शैलेन्द्र भएको थियो ।
विवाह भएको २४ घण्टा नबित्दै आज फेरी नन्द , दुवै श्रीमान र ससुरा मिलेर युवतिलाई मरणासन्न हुनेगरि कुटपिट गरेका हुन् । घटना लगत्तै पुगेको इलाका प्रहरी कार्यालयको टोलिले रामचन्द्र साहलाई पक्राउ गरेको छ । त्यस्तै युवतीको हालको श्रीमान शैलेन्द्र, नन्द तुलसी साह र लालेन्द्र फरार रहेकोले उनीहरुको खोजि कार्य तिब्र रुपमा भईरहेको प्रहरीले जनाएको छ ।
नन्द तुलसीको अनुसार आफ्नो जेठो दाइसंग विवाह भईसकेको भएता पनि फेरी युवतीले कान्छो भाईसँग विवाह गरेको निहुमा कुटपिट गरेको हो ।

पिडित युवतीले बिहे भएको दुइ घण्टा नाबित्दा नन्द आफुमाथि तथानाम गालि बेइज्जत गर्दै कुटपिट गरि घरबाट निकाला समेत गरेको बताइन ।















