शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,फागुन १० गते । प्रहरीको सुरक्षामा सिरहामा मनि ट्रान्सफरका लागि लग्दै गरेको ९ लाख रुपैयाँ लुटिएको छ ।

मिर्चैया-कल्याणपुर सडक खण्डमा पर्ने कटहा पुल नजिकैबाट प्रहरी र मनि ट्रान्सफरका कर्मचारीबाट लुटेराले ९ लाख रुपैयाँ लुटेर फरार भएका छन् । लुटेरा खोज्न अहिले सिरहाका हरेक सडकमा प्रहरी परिचालन गरिएको छ ।

शुभकामना

ज. ६ प. ४२५६ नम्वरको मोटरसाइकलमा प्रहरीको सुरक्षामा राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारी मिर्चैयाबाट ९ लाख रुपैयाँ लग्ने क्रममा लुटेराले लुटेर फरार भएको प्रहरीले जनाएका छन् ।

यता सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले रकम लुटेको पुष्टि गरे । उनले थप विवरणका आउन नसकेको बताए ।

२०७९ फाल्गुन १०, बुधबार १२:३८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय