शिव मारुती ज्वेलर्स

काठमाडौँ, फागुन १२ गते । जनता समाजवादी पार्टी नेपाललाई उपराष्ट्रपति दिने सहमति भएको छ ।

बालुवाटारमा चार दलको बसेको बैठकपछि पत्रकारसँग कुरा गर्दै जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने सहमति भएको बताएका हुन् ।

शुभकामना

‘उपराष्ट्रपति जसपालाई दिने सहमति भएको छ, सुरुदेखि नै नेताहरु यसमा सहमत हुँदै आएको छ । आज पाँच बजेसम्म सबै विषयमा टुंगो लाग्छ’, उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेदेखि जसपाले उपराष्ट्रपतिका लागि बार्गेनिङ गर्दै आइरहेको थियो ।

जसपाले उपराष्ट्रपति पाउने भएपछि दुईटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछ ।

उता, राष्ट्रपतिमा काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले दावी गरेको छ ।

२०७९ फाल्गुन १२, शुक्रबार ०९:२८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय