शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,फागुन १४ गते । धनुषामा मन्दिरबाट मूर्तिसहित गरगहना चोरी भएको छ ।

गएराति जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गहना चोरी भएको हो ।

शुभकामना

मन्दिरबाट राजदेवी माताको मूर्ति बाहेक थाल, गहना, मुकुटलगायत चाँदीका सबै समान चोरि भएको हो ।

शनिबार राति मन्दिरपछाडिबाट पसेका चोरहरूले मूर्तिलगायतका समान चोरेर लगेको पुजारी धिरज यादवले जानकारी दिए ।

चोरहरूले मन्दिरमा जडित सीसीटीभी क्यामेराको तारसमेत काटेका छन् ।

मन्दिरबाट चोरी गरिरहेको भिडिओ भने क्यामेरामा कैद भएको छ ।

पूजारीका अनुसार मूर्तिसहितका सबै समान करिब साढे तीन किलो चाँदीको थियो ।

२०७९ फाल्गुन १४, आईतवार १०:३८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय