शिव मारुती ज्वेलर्स

जनकपुरधाम, फागुन १७ गते । धनुषा प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका बलात्कारका आरोपित तीन दिनपछि पक्राउ परेका छन् ।

गत आइतबार साँझ करिब ७ बजेको समयमा धनुषाको शहिदनगर नगरपालिका–३ स्थित यदुकुहा र सशस्त्र क्याप्पको बीचको नहरमा हाम फालेर फरार भएका सबैला नगरपालिका–१३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शुभकामना

मंगलबार राति करिब सवा १२ बजे जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले मुखियालाई जनकन्नदनी गाउँपालिका–१ इनरुवास्थित भारतीय सीमा नजिक भारततर्फ जानको लागि लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता वेदप्रसाद गौतमले बताए ।

यस्तै, फागुन ५ गते जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका मुखियालाई दोस्रो पटक म्याद थप गरी लैजाँदै गरेको अवस्थामा थुनुवा गाडीमा सुरक्षार्थ खटिएको ६ जना प्रहरी कर्मचारीमाथि प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता गाैतमले बताए ।

२०७९ फाल्गुन १७, बुधबार ०८:३१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय