फोकस नेपाल , फागुन २९ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बर्तमान युगले राज्यमा आदिवासी जनजातिको खोजेको उपस्थित अझै हुन नसकेको बताएका छ्न ।
सर्लाहीको हरिवनमा आइतबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को नीति तथा विधान सम्मेलनमालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले बर्तमान युग अनुसार आफुलाई परिवर्तन गर्दै जानुपर्ने बताए । राज्यमा शासन व्यबस्था परिबर्तन भयो तर आदिवासी जनजातिको अबस्थामा परिबर्तन आउन सकेन, मन्त्री किराँतीले भने, बर्तमान राज्य व्यवस्था र युग अनुसार राज्यको कुनै पनि तहतप्कामा आदिवासी जनजाति समुदायको उपस्थित हुन सकेन ।
शुभकामना

मन्त्री किराँतीले आदिवासी जनजातिको ज्ञान सीप लाई प्रबर्द्धन गर्दै बर्तमन संघीय लोकतान्त्रिक गणतन्त्रको भावाना अनुसारको सहभागीता हुनुपर्नेमा जोड दिए । समयसंगै परिबर्तित भएर अधिकार सुनिश्चितताको लागि बैचारिक बहसलाई केन्द्रमा राखी संघर्ष जारी राख्नुपर्ने उनको भनाई थियो । मन्त्री, जनप्रतिनिधि, सुरक्षाकर्मी, संचारकर्मी सबैले आफ्नो क्षेत्रबाट राष्ट्रलाई योगदान दिन आफ्नो जिम्मेवारीलाई ईमानदार पुर्वक गर्नुपर्नेमा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री किराँतीले कुर्सी पाउनु ठूलो कुरा होईन काम ठूलो भएकाले सबैले आफ्नो क्षेत्रबाट कर्तव्य निर्वाह गर्न आग्रह गरे । प्रदेश १ को पहिचानको आन्दोलनले ठूलो आकार लिदै गएको बताउदै मन्त्री किराँतीले आन्दोलनलाई शान्तिपुर्ण रुपमा अगाडि बढाउन आग्रह गरे ।
समाज परिवर्तनको आन्दोलन कहिल्यै अन्त्य हुदैन, यो निरन्तर जारी रहन्छ मन्त्री किराँतीले भने प्राप्त अधिकारको संरक्षण र थप अधिकार प्राप्तिका लागि सचेत हुनु आबश्यक छ, भुईको टिप्नु खोज्दा गोजीको खस्ने हेक्का राख्नु जरुरी छ । मन्त्री किराँतीले पर्यटन र स्थानीय उत्पादनलाई संगैसंगै लैजानु पर्नेमा जोड दिए । नेपालीपनको पर्यटन विकासको आजको आबश्यकता हो, उनले भने, स्थानीय उत्पादनलाई पर्यटनसंग जोड्न सके आर्थिक समृद्विमा टेवा पुग्छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय अध्यक्ष गजुरर्धन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी, फोनिजका पुर्व संघीय अध्यक्ष दण्ड गुरुङ्ग, बागमती नगरपालिकाकी उपप्रमुख लिला कुमारी मोक्तान, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्रीलगायतकाले शुभकामना मनतव्य व्यक्त गरे ।
आदिवासी जनजाति पत्रकार महासंघ संघीय महासचिव मिलन लिम्बुद्वारा संचालित कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले गरे । नीति तथा विधान सम्मेलनमा वरिष्ठ उपाध्यक्ष चौधरीद्वारा प्रस्तावित प्रकाशन तथा प्रचारप्रसार नीति, उपाध्यक्ष अमरध्वोज लामाद्वारा प्रस्तावित प्रशिक्षण नीति, उपाध्यक्ष जगत दोङद्वारा प्रस्तावित संस्थागत सदस्य संस्थाहरुको विकास, उपाध्यक्ष सन्जु रानाद्वारा प्रस्तावित आदिवासी पत्रकार महिलाको विकास, सचिब यमन दनुवारद्वारा प्रस्तावित अल्पसंख्यक पत्रकारहरुको विकास २०७९ र कोषाध्यक्ष लाला गुरुङद्वारा प्रस्तावित आर्थिक नीति संशोधनसहित पारित गरिएको छ । पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने र प्रदेश १ मा जारी पहिचानको आन्दोलनलाई निर्णायक बनाउन संघर्षसहितका कार्यक्रममा सक्रिय सहभागीता जनाउने लगायतका १२ बुंदे घोषणा पत्र जारी गर्दै नीति तथा विधान सम्मेलन सम्पन्न भएको फोनिज मधेश प्रदेशका महासचिव बृजमान तामाङले जानकारी दिए ।














